स्पर्स लघुवित्तको नामबाट जारी भएको सेयर रद्द, ग्लोबल आइएमई लघुवित्तको नामबाट हितग्राही खातामा

शनिबार, २९ जेठ २०७८, १४ : २४

काठमाडौं - स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट जारी भएको सेयरहरू रद्द गरी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट अभौतिक रूपमा जेठ २८ गते हितग्राही खातामा पठाइएको छ । 

कम्पनीले एक सूचना प्रकाशन गर्दै उक्त सेयर हितग्राही खातामा पठाइएको जानकारी दिएको हो । साविकका स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरूको खातामा कुनै कारणवश सेयर जम्मा नभएको भए कम्पनीको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौँमा सम्पर्क गर्न सक्नेछन् ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १:०.९० को अनुपातमा प्राप्ति गरी वैशाख ८ गते बुधबारबाट एकीकृत कारोबार थालिसकेको छ ।

शनिबार, २९ जेठ २०७८, १४ : २४

प्रतिक्रिया