७ जीवन बीमा कम्पनीद्धारा साढे ४ अर्बको आईपीओ निष्काशनको तयारी, कुनको कति कित्ता ?

जेठ ३०, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं - ७ नयाँ जीवन बीमा कम्पनी साधारण शेयर ९आईपीओ० निष्काशन प्रक्रियामा रहेका छन् । उक्त सात जीवन बीमा कम्पनीहरुले ४ अर्ब ३९ करोड ५ लाख रुपैयाँ बराबरको ४ करोड ३९ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेका हुन् ।

सिटिजन, आईएमई, सानिमा, रिलायबल, महालक्ष्मी, सन नेपाल र यूनियन लाइफ इन्स्योरेन्सको आइपीओ निष्काशन प्रक्रियामा रहेका हुन् ।

आईपीओ निष्काशनको तयारीमा रहेका ७ कम्पनीमध्ये सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रूपैयाँ बराबरको ७५ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । हाल संस्थापकबाट ७० परतिशत अर्थात एक अर्ब ७५ करोड रूपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको आईपीओ निष्काशन पश्चात २ अर्ब ५० करोड रूपैयाँ पुग्नेछ ।

यसैगरी युनियन लाइफले पनि ६४ करोड ५० लाख रुपैयाँ आईपीओ निष्काशन गर्ने तयारीमा छ । कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

अन्य बाँकी पाँच जीवन बीमा कम्पनीहरु रिलायबल, सन नेपाल, आइएमई, महालक्ष्मी र सानिमा लाइफ इन्स्योरेन्सले समान ६०/६० करोड रुपैयाँको ६०/६० लाख कित्ताका दरले कुल ३ अर्ब रुपैयाँको आईपीओ निष्काशन गर्ने तयारीमा छन् ।


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८