काठमाडौं - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लिलामीमा रहेको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले जेठ १६ गते देखि ८० हजार कित्ता शेयर बिक्रीमा राखेको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ तोकिएको छ ।
संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।
बोलपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया