काठमाडौं - चालू आर्थिक वर्षको वैशाख महीनासम्ममा सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकले ५५ अर्ब ७९ करोड २८ लाख बराबर खुद नाफा कमाउन सफल भएका छन् ।
चालू आवको तेस्रो त्रैमास अर्थात् चैतसम्ममा बैंकहरूको यस्तो नाफा ५० अर्ब ७४ करोड गरेका थिए । यो एक महीनाको अन्तरमा सबैभन्दा बढि नबिल बैंकले काएको छ ।
बैंकले यो एक महिनामा थप ३८ करोड १० लाख रुपैयाँ हाराहारीमा खुद नाफा गर्न सफल भएको छ । गत ९ महीना ९चैत० मसान्त सम्ममा सो बैंकले ३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैशाख अन्तिम सम्ममा बैंकको मुनाफा ४ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।
वैशाख महीनामा मात्रै वाणिज्य बैंकहरूले ५ अर्ब ५ करोड २८ लाख हाराहारीमा नाफा कमाएका छन् ।
प्रतिक्रिया