काठमाडौं - मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कुमार याक्सोले पदबाट स्वेच्छिक अवकाशको लागि राजिनामा दिएका छन् ।
उनको राजिनामा असार १ गतेदेखि लागू हुनेगरी संस्थाको सञ्चालक समितिले स्वीकृत गरेको छ ।
शनिबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले राजेन्द्र प्रसाद न्यौपानेलाई असार १ गतेदेखि लागू हुनेगरी निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया