शिखर इन्स्योरेन्सद्धारा हकप्रद सेयर निष्कासन गर्न अनुमति माग

आइतबार, ३० जेठ २०७८, १४ : ४९

काठमाडौं - शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा हकप्रद सेयर निष्कासन गर्न अनुमतिका लागि निवेदन पेश गरेको छ ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले १०स्३० को अनुपातमा ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न जेठ २५ गते मंगलबार सेबोनमा निवेदन पेश गरेको हो । 

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘एपीआरए’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नो वित्तीय दायित्व पूरा गर्न सक्ने रहेको संकेत गर्दछ ।

आइतबार, ३० जेठ २०७८, १४ : ४९

प्रतिक्रिया