आज आईएमई लाइफ इन्स्योरेन्सको साधारण सभा, आईपीओ निष्काशनको प्रस्ता पारित गर्ने

सोमबार, ३१ जेठ २०७८, ०६ : ५९

काठमाडौं - आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आज कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालयमा भिडियो कन्फरेन्स जुन मार्फत बिहान १० बजे सुरु हुनेछ  ।

सभाले धितिपत्र दर्ता गरी प्रारम्भिक सेयर (आईपीओ) सार्वजनिक निष्काशन गर्ने विशेष प्रस्तावलाई पारित गर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्दैछ । 

त्यसैगरी, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित वासलात, नाफा(नोक्सान हिसाब, नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्नुका साथै लेखापरिक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ ।

त्यस्तै, सभाले संशोधित प्रबन्ध पत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहि अनुसार फेरबदल गर्न संचालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्नेछ  ।

सोमबार, ३१ जेठ २०७८, ०६ : ५९

प्रतिक्रिया