काठमाडौं - साताको दुई दिन मात्रै बैंक खुला गर्ने प्रशासनको निर्देशनले पूर्वी नवलपरासी जिल्लाका सेवाग्राही मारमा परेका छन् ।
कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले बैंक तथा वित्तीय संस्थाहरुलाई सातामा दुई दिन मात्रै दुई घण्टा खुला गर्न निर्देशन दिएपछि जिल्लाका सबै बैंकहरुमा अत्याधिक भिड बढेको छ ।
अत्याधिक भिड बढेपछि कोरोना संक्रमणको जोखिम पनि उत्तिकै बढेको बैंक कर्मचारीहरु बताउँछन् । असार लागेपछि भने प्रशासनले साताको ६ दिन नै दैनिक चार घण्टा खुला गर्न दिने भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरु हप्ताको दुई दिन मात्र खुल्दा बैंकमा सेवाग्राहीको चाप बढेको र सेवाग्राहीको समेत गुनासो आएका कारण हप्तामा ६ दिन दैनिक चार घण्टा नियमित सञ्चालन गर्ने गरी निर्देशन दिन लागिएको प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनीले बताइन् ।
प्रतिक्रिया