४ कम्पनीको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन, कुन - कुनकोे

सोमबार, ३१ जेठ २०७८, ०८ : ०२

काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ४ वटा कम्पनीको संस्थापक समूहको सेयरमा आवेदन दिने आज आज अन्तिम दिन रहेको छ । 

महुली लघुवित्त वित्तीय संस्था लिमिटेड, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

बैंकले महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ५६ हजार २ सय ७० कित्ता संस्थापक समूहको सेयर, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ६० हजार ४१८ कित्ता संस्थापक सेयर, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख २७ हजार ५ सय ९५ कित्ता र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४१ हजार ८ सय ५६ कित्ता संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको थियो ।

यी सबै कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

सोमबार, ३१ जेठ २०७८, ०८ : ०२

प्रतिक्रिया