युनियन हाइड्रोपावरले बोलायोे साधारण सभा, शेयरधनीहरूको हात खाली

सोमबार, ३१ जेठ २०७८, ०८ : १८

काठमाडौंं - युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले संयुक्त वार्षिक साधारण सभा बोलाएको छ ।  

जेठ २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको १३औँ र १४औँ वार्षिक साधारण सभा असार २५ गते बोलाइएको होे । 

सभा लिलतपुर धोबिघाटस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरू हुनेछ । कम्पनीले लाभांशको प्रस्ताव गरेको छैन । त्यसैले, कम्पनीका शेयरधनीहरूको हात खाली हुने भएको छ । 

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

कम्पनीको चौधौँ वार्षिक साधारण सभाबाट सञ्चालकहरूको निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन गर्ने प्रस्ताव रहेको छ । कम्पनीको नियमावली संशोधन गर्ने पनि सभाको विशेष प्रस्ताव रहेको छ ।

सोमबार, ३१ जेठ २०७८, ०८ : १८

प्रतिक्रिया