अब सहकारी र रेमिट हप्तामा दुई दिन खुल्‍ने, विवाह, व्रतबन्धमा ७ जना सहभागी हुन पाउने

सोमबार, ३१ जेठ २०७८, ०८ : ३५

काठमाडौँ - काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्लाहरूको बैठकले सर्वसाधारणहरूका लागि केही खुकुलो बनाएका छन् । आइतबार बसेको प्रमुख जिल्लाहरूको बैठकले सर्वसाधारणहरूका लागि केही खुकुलो बनाएका हुन् ।

बैठकले अत्यावश्‍यक उपभोग्य वस्तु वा सेवा खरिद गर्न घरबाट बाहिर निस्कन सक्‍ने निर्णय गरेको छ । त्यस्तै घर बाहिर निस्कँदा कम्तीमा २ मिटरको भौतिक दूरी कायम राख्‍नु पर्ने निर्णय गरेको छ । 

त्यस्तै अब सहकारी संस्था तथा रेमिटहरू आइतबार र बिहीबार मात्र खुल्‍ने भएको छ । खाद्यान्‍न फलफूल र पुस्तक पसल खोल्ने समय बिहान ११ बजेसम्‍म खोल्‍न पाइने भएको छ । दिउँसो ४ बजेदेखि हार्डवेयर र मोबाइलसमेत पसल खोल्न पाइने भएको छ ।

विवाह तथा व्रतबन्धको हकमा बढीमा ७ जनासम्‍म सहभागी हुन पाइनेछ । विवाह आफ्‍नो घर वा बसेको स्थानमा गर्न पाइनेछ । विवाह तथा व्रतबन्धको हकमा एउटा सवारी साधन ९बेहुलारबेहुलीसहित० प्रयवष गर्ने गरी व्यानरका आधारमा आवतजावत गर्न पाइनेछ ।

काठमाडौँ उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा थपिएको छ । 
 

सोमबार, ३१ जेठ २०७८, ०८ : ३५

प्रतिक्रिया