काठमाडौं - प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थगित भएको साधारण सभा फेरि बोलाएकोे छ । सभा असार ६ गते होटल इच्छा प्राइभेट लिमिटेड सिमरा, बारामा बिहान ११ बजेदेखि सुरू हुने भएको हो ।
यसअघि जेठ २ गते आइतबारका लागि तय भएको कम्पनीको उन्नाइसौं वार्षिक साधारण सभा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण काठमाडौं लगायत अन्य स्थानमा गरिएको निषेधाज्ञा जारी भएको कारण उक्त सभा स्थगित गरिएको थियो ।
सभामा कम्पनीले हाल कायम चुक्ता चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र त्यस प्रयोजनको लागि ०.४२ प्रतिशत गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, कम्पनीले सभामा प्रस्तावित बोनस सेयर पश्चात कायम हुने चुक्ता पूँजीमा संस्थापक शेयरधनीहरुको स्वामित्व ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण शेयरधनीहरुको स्वामित्व ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याउने प्रस्ताव पारित गर्दैछ।
प्रतिक्रिया