निषेधाज्ञामा अन्य क्षेत्र खुकुलो बन्दै, बैंक तथा वित्तीय संस्थामा भने पहिलेकै मापदण्ड लागू

सोमबार, ३१ जेठ २०७८, ०९ : ४९

काठमाडौं– काठमाडौं उपत्यकामा बैंक तथा वित्तीय संस्था सञ्चालमा लागू भएका मापदण्डहरुले निरन्तरता पाएका छन् ।  काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले निषेधाज्ञा खुकुलो बनाउदै  एक साता लम्ब्याउने निर्णय पनि बैंक तथा वित्तीय संस्थाका पहिलेकै व्यवस्थालाई निरन्तरता दिइएको छ । ।

बैठकले जारी निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेपनि बैंक तथा वित्तीय संस्था सञ्चालनमा पहिलेकै व्यवस्थालाई निरन्तरता दिएको हो । हाल काठमाडौं जिल्लामा वाणिज्य बैंकहरुको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालयल आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत मात्र) प्रयोग गरी सञ्चालन गर्न पाउने व्यवस्था छ ।

साथै बीमा समिति तथा बीमा कम्पनी र धितोपत्र बोर्डले आलोपालो गरी न्यूनतम २० प्रतिशत जनशक्ति मात्रै काममा खटाउने गरी काममा बोलाउन पाउनेछन् । साथै सहकारी तथा रेमिट कम्पनीहरुको हकमा सातामा २ दिन आइतबार र बिहीबार मात्रै सञ्चालन हुनेछन् ।

सोमबार, ३१ जेठ २०७८, ०९ : ४९

प्रतिक्रिया