इन्फिनिटि लघुवित्तले बोलायो साधारण सभा, बुकक्कोज कहिले ?

सोमबार, ३१ जेठ २०७८, ११ : २५

 काठमाडौं - इन्फिनिटि लघुवित्त वित्तिय संस्थाले बिशेष साधारण सभा बोलाएको छ । सभा असार ३० गतेका लागि बोलाइएको हो । 

आइतबार बसेको सञ्चालक समितीको बैठकले बिषेश साधारण सभामा सहभागिता प्रायोजनका लागि असार ८ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । 

बिषेश साधारणसभाले नेपाल एग्रो लघुवित्त वित्तिय संस्थालाई प्राप्ती गर्ने सम्बन्धी बिशेष प्रस्तावलाई छलफल गरी पारित गर्ने छ ।

कम्पनीले १००ः९८ को स्वाप रेसियोमा नेपाल एग्रो लघुवित्तलाई प्राप्ती गर्न नियामक निकाय नेपाल राष्ट्र बैंकले जेठ ११ गते सैद्धान्तिक सहमति प्रदान गरेको थियो । v

सोमबार, ३१ जेठ २०७८, ११ : २५

प्रतिक्रिया