प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा असार ६ गते, लाभांश प्रस्ताव कति ?

२ बर्ष अगाडि

काठमाडौं, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा असार ६ गते गर्ने भएको छ ।

 सभा होटल इच्छा प्रालि सिमरा, बारामा बिहान ११ बजेबाट हुने भएको छ । सभाले ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले ८ प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीमा कम्पनीको संस्थापक शेयरधनीको समूहमा ६० प्रतिशतको शेयर स्वामित्व र सर्वसाधारणको ४० प्रतिशत रहेकोमा संस्थापक शेयर स्वामत्वि ५१ प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत बढाइ ४९ प्रतिशतमा परिणत गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

गत वैशाख १८ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया