आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न रिलायवल नेपालले असार ४ गते बोल्यो साधारण सभा

२ बर्ष अगाडि

काठमाडौं,  रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले असार ४ गते वार्षिक साधारण सभा गर्ने भएको छ   ।

सभा दिउँसो १ बजे कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वर, काठमाडौंमा भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

सभाले रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै सभाले आव २०७५र ७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । यसैगरी सभाले आव २०७६र ७७ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

हाल कम्पनीको चुक्तापूँजी रू.१ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्कासन पछि पूँजी रू. २ अर्ब पुग्नेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया