ग्लोबल आईएमई बैंकद्धारा नयाँ व्याजदर सार्वजनिक, भोलीबाट लागू

२ बर्ष अगाडि

काठमाडौं - ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । 

बैंकले विभिन्न खातामा असार १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । उक्त व्याजदर अनुसार बैंकले बचत खातामा ०.७५ प्रतिशतदेखि ४ प्रतिशतसम्म व्याज दिनेछ । 

बैंकको मुद्दति निक्षेपको व्याज ७ प्रतिशतदेखि ८.०१ प्रतिशतसम्म तोकिएको छ । त्यस्तै कर्जा तर्फ बैंकले ब्याजको आधारदर अधिकतम ६ प्रतिशत देखि न्यूनतम १.५० प्रतिशत सम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । 

गतबर्षको चैत्र मसान्तमा बैंकको ब्याजको आधारदर ६.४० प्रतिशत कायम गरेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया