प्राईम बैंकले बचत खातामा २.७६ प्रतिशतदेखि ४.५० प्रतिशतसम्म व्याज दिने

२ बर्ष अगाडि

काठमाडौं - प्राईम कमर्सियल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलिबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा २.७६ प्रतिशतदेखि ४.५० प्रतिशतसम्म व्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज ७.५० प्रतिशतदेखि ७.७६ प्रतिशतसम्म तोकिएको छ ।

त्यस्तै कर्जा तर्फ बैंकले ब्याजको आधारदरमा अधिकतम ६.९९ प्रतिशत देखि न्यूनतम २ प्रतिशत सम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया