असार १ गतेदेखि बैक तथा वित्तीय संस्थाले आवश्यकता अनुसारका शाखा खोल्न पाउने

२ बर्ष अगाडि

काठमाडौं, असार १ गतेदेखि बैक तथा वित्तीय संस्थाले स्थानीय प्रशासनसँग समन्वय गरी आवश्यकता अनुसारको शाखा कार्यालय खोल्न पाउने भएका छन्।

सोमबार एक सूचना जारी गर्दै केन्द्रिय बैंकले  बैशाख १९ गते र जेठ १० गते जारी गरिएको सूचना खारेज गरेको हो । यो भन्दा अघि बैंकहरुले केन्द्रिय कार्यलय बाहेक उपत्यकामा ५ वटा शाखा वटा र उपत्यका बाहिर स्थानीय प्रशासनको निर्देशन अनुसार शाखा सञ्चालन गर्नु पर्ने व्यवस्था थियो।

अब बैंक तथा वित्तीय संस्थाले ग्राहकको चाप अनुसार न्युनतम कर्मचारी राखेर स्वास्थ्य मापदण्ड पुरा गरी शाखा सन्चालन गर्न पाउने भएका छन्। 

सञ्चालन हुने र बन्द हुने शाखाको जानकारी बैंक तथा वित्तीय संस्थाले आफ्नो वेव साइट, शाखा कार्यलयको मुल ढोका तथा सामाजिक सञ्जालमा समेत राख्नु पर्ने छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया