पछिल्लो २४ घण्टामा २९१८ जनामा संक्रमण पुष्टि,  थप ५३ जनाको मृत्यु

२ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर २९१८ जनामा संक्रमण पुष्टि भएको छ । देशभर १४ हजार ८१९ जनाको कोभिड १९ परीक्षण गर्दा  २९१८ जनामा संक्रमण देखिएको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ४३८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ४९ जना र ५ हजार ३८१ जनाको एन्टिजेन परीक्षण गर्दा ८६९ जनामा संक्रमण देखिएको हो।

यस्तै, संक्रमणका कारण थप ५३ जनाको मृत्यु भएको छ। यससँगै देशभर संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ४३५ पुगेको छ।

पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना संक्रमण मुक्त भएका छन्। देशभर हाल ६५ हजार ८०४ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

२ बर्ष अगाडि

प्रतिक्रिया