प्रभु बैंकको ऋणपत्र बाँडफाँड

मंगलबार, ०१ असार २०७८, ०७ : ४६

काठमाडौं– प्रभु बैंकले ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले गत जेठ ११ गतेदेखि वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेकोमा  सोमबार (जेठ ३१ गते) रीतपूर्वक परेका आवेदनहरू बाँडफाँड गरेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासनमा ल्याएको थियो। सो मध्ये १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो भने बाँकी २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री लागि राखेको थियो। सर्वसाधारणलाई निष्कासन गरिएको ऋणपत्र मध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा २ हजार ५०० कित्ता बाँडफाँड  गरिएको छ। सर्वसाधारणले बाँकी १५ लाख ९७ हजार ५०० कित्ताका लागि बिक्री खुला गरिएको थियो ।

मंगलबार, ०१ असार २०७८, ०७ : ४६

प्रतिक्रिया