एनआईसी एशिया सेलेक्ट ३० निष्कासन गर्दै  एनआईसी एशिया क्यापिटल

मंगलबार, ०१ असार २०७८, ०९ : ४१

 एनआईसी एशिया क्यापिटलले इण्डेक्स फण्ड निष्कासन गर्न लागेको छ । क्यापिटलले असार १० गतेदेखि एनआईसी एशिया सेलेक्ट ३० इण्डेक्स फण्ड निष्कासन गर्न लागेको हो । 

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्रीमा ल्याउन लागेको हो ।

निष्कासन गरिने कुल इकाईमध्ये कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई विक्री गर्न लागेको हो । 

सात वर्षे बन्दमुखी प्रकृतिको यस योजनामा  न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । 

फण्डको इकाईमा असार १४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त मितिमा इकाई विक्री नभएमा असार २४ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जानकारी दिएको छ ।

सात वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

मंगलबार, ०१ असार २०७८, ०९ : ४१

प्रतिक्रिया