आई.एम.ई.लाइफ इन्स्योरेन्सको आइपिओ निष्काशन गर्ने प्रस्ताव पारित

मंगलबार, ०१ असार २०७८, १० : १७

आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा शेयर प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) ल्याउने प्रस्ताव पारित गर्दे सम्पन्न भएको छ । 

जेठ ३१ गते सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा।रामहरि अर्यालको अध्यक्षतामा सम्पन्न सभाले विशेष प्रस्तावतर्फ धितोपत्र दर्ता गरी आइपिओ जारी गर्ने प्रस्ताव पारित गरेको हो । 
यसैगरी सभाले सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने लगायतका अन्य कार्यसमेत गरेको छ । त्यस्तै, सामान्य प्रस्तावतर्फ आर्थिक वर्ष २०७५÷०७६ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७५÷०७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि तथा लचक प्रणाली लागू गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गरी पारित गरेको छ । 

कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने कार्यसमेत सभाले गरेको छ ।

मंगलबार, ०१ असार २०७८, १० : १७

प्रतिक्रिया