आजदेखि लागू हुने गरी कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

मंगलबार, ०१ असार २०७८, १२ : ५०

मंगलबारदेखि लागू हुने गरी बाणिज्य बैंकहरुले कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदरमा सामान्य हेरफेर भएको बैंकहरुले जनाएका छन् । कुन बैंकको ब्याजदर कति छ, तल प्रस्तुत गरिएको छ । 


राष्ट्रिय वाणिज्य बैंक
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.५०५ देखि ७.२५५ र संस्थागत मुद्दती निक्षेपमा ५५ देखि ६.५०५ सम्म ब्याजदर कायम भएको छ  ।  बैंकले बचत खातातर्फ न्यूनतम ३५ देखि ५५ सम्म ब्याजदर तोकेको छ । यस बैंकले चैत महिनाको आधार दर ५.५०५ अनुसार कर्जाको ब्याजदर निर्धारण गरेको छ । बैंकले यसमा १५ देखि ३५ सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह हुने जनाएको छ । स्थिर कर्जाको लागि ९५ देखि ११५ सम्म ब्याजदर निर्धारण गरेको छ । 


सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ८५ कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतीको ब्याजदर हो । बचतको न्यूनतम ब्याज ३५ र अधिकतम ५५ तोकेको छ । यता, बैंकको वैशाख मसान्तसम्मको आधार दर ७.५३५ रहेको छ । यसमा ६५ सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिने जनाएको छ । स्थिर कर्जाको लागि ११.४९५ देखि १२.९९५ ब्याज दर निर्धारण गरेको छ । 

नेपाल एसबीआई बैंक
यस बैंकले बचतको ब्याज २.५५५ तोकेको छ भने व्यक्तिगत मुद्दतीको अधिकतम ७.५०५ तोकेको छ । यता, बैंकको वैशाख मसान्तसम्मको बेस रेट ७.५६५ छ । यसमा न्यूनतम १.५०५ देखि अधिकतम ५५ सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने बैंकले जनाएको छ । 

सनराइज बैंक
सनराइज बैंकले बचतमा न्यूनतम २५ देखि अधिकतम ३.५०५ सम्म ब्याज निर्धारण गरेको छ । यता, मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७५ ब्याज निर्धारण गरेको छ । वैशाख मसान्तसम्मको बैंकको आधार दर ६.८८५ रहेको छ । यसमा ६५ सम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम १०.५०५ देखि अधिकतम १२.५०५ सम्म तोकेको  छ । 

नबिल बैंक
नबिल बैंकले बचतमा न्यूनतम २.५१५ देखि अधिकतम ४.५१५ सम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतीमा अधिकतम ७.०१५ ब्याज दिनेछ । ३ महिनाको मुद्दतीको ब्याजदर ५.०१५  छ ।  बैंकको वैशाख मसान्तसम्म बेस रेट ५.८४५  छ । यसमा ७५ सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्नेछ । स्थिर ब्याजमा घर कर्जाको लागि बैंकले न्यूनतम ८.४९५ देखि ११.५०५ सम्ममा कर्जा दिने छ । 

एनएमबि बैंक
एनएमबि बैंकले बचतको न्यूनतम ब्याजदर ३.६०५ र अधिकतम ५.६०५ तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.८०५ र न्यूनतम ६.५०५ निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.१९५ रहेको छ । यसमा अधिकतम ५५ सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह हुनेछ । 

एभरेष्ट बैंक
एभरेष्ट बैंकले बचतको न्यूनतम ब्याज २.५०५ देखि अधिकतम ४५ सम्म तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७५ र न्यूनतम ६.५०५ कायम गरेको छ । वैशाख मसान्तसम्म बैंकको आधार दर ५.९८५ छ । यसमा अधिकतम ५५ सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिनेछ ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज ३.१०५ देखि अधिकतम ४५ सम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतीको ब्याज ७.५१५  छ । चैत मसान्तसम्म बैंकको आधारदर ७.०९५ छ । यसमा बैंकले ७५ सम्म प्रिमियम थप गरेर कर्जा दिनेछ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम ९.८९५ देखि अधिकतम १२.२४५ ब्याजदर निर्धारण गरेको छ । 

 हिमालयन बैंक
हिमालयन बैंकले बचतको न्यूनतम ब्याजदर २.७५५ र अधिकतम ४.५०५ तोकेको छ । व्यक्तिगत मुद्दतीको न्यूनतम ब्याजदर ४.७५५ र अधिकतम ब्याजदर ७.७५५ निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको अधारदर ६.७५५ रहेको छ । यसमा अधिकतम ५५ सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्नेछ । 
प्रभु बैंक
बैंकको चैतसम्मको आधार दर ७.०६५ छ । यसमा ५५ सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ । स्थिर ब्याजदरको लागि न्युनतम ९.९९५ देखि अधिकतम ११.।९९५ सम्म ब्याजदर निर्धारण गरेको छ । प्रभु बैंकले बचत खातामा न्यूनतम २५ देखि अधिकतम ४५ सम्म ब्याजदर तोकेको छ । मुद्दती निक्षेपमा व्यक्तिगततर्फ न्युनतम ५.५०५ र अधिकतम ७५ सम्म ब्याजदर दिनेछ । 

कुमारी बैंक
कुमारी बैंकले बचत खातामा न्यूनतम २५ देखि अधिकतम ४५ ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६५ देखि ७५ सम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७५ सम्म प्रिमियम तोकेको छ । बैंकको वैशाख महिनामा आधार दर ७।६३५ छ । बैंकले न्यूनतम १०.५०५ देखि अधिकतम ११५ सम्ममा स्थिर कर्जा तोकेको  छ । 

सिद्धार्थ बैंक
 बैंकले बचतमा न्यूनतम २.५५ देखि अधिकतम ४५ सम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ६.५५ देखि अधिकतम ७५ सम्म ब्याजदर दिनेछ । यता, यसको वैशाख महिनामा आधार दर ६.७५५ छ । बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा ५५ सम्म प्रिमियम थप गर्ने जनाएको छ । स्थिर ब्याजदरको लागि बैंकले न्यूनतम ८.४९५ देखि अधिकतम ११.४९५ सम्म ब्याजदर निर्धारण गरेको छ । 


प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले बचतको न्यूनतम ब्याजदर २.७६५ र अधिकतम ४.५०५ तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.५०५ र न्यूनतम ७.७६५ निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.१४५ रहेको छ । यसमा अधिकतम ६.९९५ सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम १०५ देखि अधिकतम ११५ सम्म ब्याजदर निर्धारण गरेको छ ।

नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले बचतको न्यूनतम ब्याजदर २.७५५ र अधिकतम ४५ तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.७५५ र न्यूनतम ७.२५५ निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको आधारदर ९.८९५ छ । यसमा अधिकतम ५५ सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गर्ने बैंकले जनाएको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.९९५ देखि अधिकतम १२.९९५ सम्म ब्याजदर निर्धारण गरेको छ । 

एनसीसी बैंक
एनसीसी बैंकले बचतको न्यूनतम ब्याजदर २.५०५ र अधिकतम ५५ तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ८५ र न्यूनतम ७५ निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.४१५ छ । यसमा अधिकतम ५५ सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको  छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.२५५ देखि अधिकतम ११५ सम्म ब्याजदर निर्धारण गरेको छ ।

बैंक आफ काठमान्डू
बैंक आफ काठमान्डूले बचतको न्यूनतम ब्याज २.५०५ र अधिकतम ४५ राखेको छ । एक वर्षभन्दा माथिको व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७५ कायम गरेको छ ।  बैंकको वैशाख मसान्तसम्मको आधार दर ७.०४५ रहेको छ । यसमा ५५ सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिने बैंकको भनाइ छ । 
 

मंगलबार, ०१ असार २०७८, १२ : ५०

प्रतिक्रिया