काठमाडौं, नेपाल हाइड्रो डेभलोपर लिमिटेड चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरण अनुसार कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ३ करोड २२ लाख नाफा कमाएमा चालू आव को सोही अवधीसम्ममा रू. १ करोड १२ लाख ६१ हजारमा सीमित भएको छ । नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६५ प्रतिशतले घटेको छ ।
कम्पनीले गत आव को ९ महिनामा विद्युत् विक्री बापत रू. ८ करोड ६९ लाख ७६ हजार आम्दानी गरेकोमा चालू आवमा उक्त आम्दानी रू. ६ करोड ३ लाख ७५ हजार आम्दानी गरेको छ । विद्युत् विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा ३० प्रतिशतले घटेको हो ।
चालू आवको तेस्रो त्रैमासमा कम्पनीको नाफामा कमिआएसँगै प्रतिशेयर आम्दानीमा पनि कमि आएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयरआम्दानी रू. १२.३९ रहेकोमा चालू आवको सोही अवधिमा घटेर रू. ५.०२ मा सीमित भएको हो ।
चुक्तापूँजी रू. २९ करोड ९० लाख रहेको कम्पनीले जगेडामा रू. १ करोड ९५ लाख १५ हजार सञ्चित गरेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०६.५३ रहेको छ ।
प्रतिक्रिया