नेपाल क्रेडिट एण्ड कमर्स बैंकको शेयरमा आज बाट आवेदन दिन सकिने

बुधबार, ०२ असार २०७८, ०९ : २३

काठमाडौं– नेपाल इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको संस्थापक समुह तर्फको ९ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ ।

इच्छुक जो कोही व्यक्ति , कम्पनी, संघ, संस्थाहरुले शेयर खरिद गर्न सक्ने छन् । आज –असार २ गते) देखि असार १६ गते सम्म बोलपत्र आवेदन दिन सकिने छ ।

आवेदन बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा कम्पनीको सर्तहरुको अधीनमा रही पेश गर्न सकिने छ ।

कम्पनीले प्रति कित्ता शेयरको मूल्य रु.१४० रुपैयाँ तोकेको छ । 
 

बुधबार, ०२ असार २०७८, ०९ : २३

प्रतिक्रिया