काठमाडौं - सानिमा जनरल इन्स्योरेन्सले स्थगित भएको तेस्रो वार्षिक साधारण सभा पुनः बोेलाएको छ । कम्पनीले असार २३ गते कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा बिहान १०ः३० बजे बोलाएको हो ।
सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ । कम्पनीले जेठ ११ गते बोलाएको साधारण सभा कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको निषेधाज्ञा कारण स्थगित भएको थियो ।
सभामा गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण र चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको लगायतका प्रस्ताव अनुमोदन हुनेछ ।
सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दुई जना सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने भएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख २९ बुधबारदेखि सभा हुने मिति जेठ ११ गते मंगलबारसम्म बुक क्लोज गर्ने गरेको थियो । बुकक्लोजको आधारमा बैशाख २८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया