काठमाडौं - ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहकहरुलाई ब्याजमा छुट दिने भएको छ ।
कोरोना महामारीको अवस्थालाई ध्यानमा राखी संस्थाले आफ्ना ग्राहकलाई संस्थाले १० प्रतिशतले हुन आउने रकममा छुट दिने जनाएको छ ।
संस्थाको अनुसार २०७८ असार मसान्तभित्र बुझाउनुपर्ने सम्पूर्ण साँवा र ब्याज बुझाएमा सो अवधिसम्म पाकेको ब्याजमा १० प्रतिशतका दरले हुन आउने रकम छुट प्रदान गर्ने भएको हो ।
यसका साथै यो अवधिसम्म ग्राहकबाट कुनै किसिमको हर्जाना तथा अतिरिक्त शुल्क नलिने समेत संस्थाले जनाएको छ ।
प्रतिक्रिया