नेपाल बैंकको ऋणपत्र रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

बुधबार, ०२ असार २०७८, १३ : ४७

काठमाडौं - नेपाल बैंक लिमिटेडले ऋणपत्र रजिष्ट्रारका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त गरेको छ ।  

बैंकले वैशाख २२ गतेदेखि वैशाख ३१ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको १० वर्षे अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र व्यवस्थापनका लागि ऋणपत्र रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो ।   

अब उप्रान्त ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य अब नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्ने छ । 

बुधबार, ०२ असार २०७८, १३ : ४७

प्रतिक्रिया