काठमाडौं, नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १५ अर्ब रुपैयाँको विकास ऋणपत्र सूचीकृत भएको छ ।
बुधबार नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले जारी गरेको उक्त ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।
दीर्घकालीन आन्तरिक ऋण उठाने प्रयोजनका लागि राष्ट्र बैंकले जेठ १३ गते उक्त विकास ऋणपत्र निष्काशन गरेको थियो ।
२०८३ “घ” नामको पाँच वर्षे विकास ऋणपत्र धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकृत भएको नेप्सेले जनाएको छ ।
अर्धवार्षिक रुपमा ऋणपत्र खरिदकर्ताले ४.७९ प्रतिशतका दरले व्याज पाउनेछन् । ऋणपत्र २०८३ जेठ १३ गते परिपक्क हुने नेप्सेले जनाएको छ ।
प्रतिक्रिया