घट्यो डिजिटल कारोबार

बुधबार, ०२ असार २०७८, १७ : ५५

काठमाडौं– बैंक तथा वित्तीय संस्थाको डिजिटल भुक्तानी प्रणाली मार्फत हुने कारोबार रकममा घटेको छ । निषेधाज्ञा अघिको तुलनामा निषेधाज्ञा जारीसँगै डिजिटल भुक्तानीको कारोबार रकममा कमी आएको हो ।
नेपाल राष्ट्र बैंकले वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार २०७७ अनुसार गत चैतको तुलनामा वैशाखमा मात्र कारोबार रकममा साढे दुई अर्बभन्दा बढीले कमी आएको छ ।

निषेधाज्ञा शुरु हुनुअघि डिजिटल कारोबार लगातार बढिरहे पनि निषेधाज्ञा शुरु भएसँगै कारोबारको सङ्ख्या र परिमाण घटेको राष्ट्र बैंकको तथ्याङ्कमा छ । निषेधाज्ञा लागू भएसँगै कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ, क्युआर स्क्यान मोबाइल वालेटइकर्मसमार्फत हुने कारोबार रकममा कमी आएको हो ।

गत चैतमा डिजिटल भुक्तानीमार्फत एक खर्ब ६६ अर्ब ८१ करोडभन्दा बढीको कारोबार भएकामा वैशाखमा उक्त कारोबार रकममा कमी आई एक खर्ब ६४ अर्ब ७५ करोड बराबरको कारोबार भएको छ ।

डिजिटल कारोबार गत वर्षकोे निषेधाज्ञासँगै  वृद्धि हुँदै आएकामा निषेधाज्ञा लागू भएसँगै कारोबार रकममा कमी आएको हो ।

बुधबार, ०२ असार २०७८, १७ : ५५

प्रतिक्रिया