आज देखि फरवार्ड माइक्रोफाइनान्सको संस्थापक तर्फको शेयर आवेदन खुला

विहीबार, ०३ असार २०७८, ०९ : ०६

काठमाडौं– आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नाममा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक तर्फको शेयर आज –असार ३ गते) देखि बिक्री खुला गरेको छ ।

कम्पनीले प्रति शेयर रु.८५० मूल्य तोकी ३ करोड ९४  लाख ६३ हजार ४४६ कित्ता शेयर बिक्री गर्ने भएको हो । इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले आगामी असार १७ गते सम्म शेयर खरिदका लागी आवेदन दिन सक्ने छन् ।

शेयर बिक्री प्रबन्धक रहेको सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौंमा सिलबन्दी आवेदन पेस गर्न सकिने कम्पनीले जनाएको छ । 
 

विहीबार, ०३ असार २०७८, ०९ : ०६

प्रतिक्रिया