आजबाट बिक्रीमा आयो समृद्धि फाइनान्सको १३ लाख ८० हजार कित्ता संस्थापक सेयर

विहीबार, ०३ असार २०७८, ०९ : ५३

काठमाडौं - समृद्धि फाइनान्सले आजबाट १४ लाख कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला गरेको छ । फाइनान्सले  संस्थापक तर्फको १३ लाख ८० हजार ७१८ कित्ता शेयर असार ३ गतेदेखि लिलामीमा बिक्री खुला गरेको हो । 

फाइनान्सको संस्थापक शेयरका लागि प्रतिकित्ता न्युनतम मूल्य १०० रुपैंयाको दरमा कम्तीमा १०० कित्ताका लागि आवेदन गर्नु पर्नेछ । 

फाइनान्सको लिलामी शेयरमा आवेदन दिनका लागि बिक्री प्रबन्धक बिओके क्यापिटल नक्साल, बैंक अफ काठमाण्डूका शाखाहरु मेनरोड बिराटनगर, बिर्तामोड, बीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणघाट, पोखरा, बुटवल, बागलुङ, घोराही, धम्बोजी, नेपालगञ्ज, बीरेन्द्रनगर र धनगढीबाट आवेदन दिन सकिनेछ ।

त्यसै गरी समृद्धि फाइनान्सको मुख्य कार्यालय हेटौंडाका साथै शाखा कार्यालयहरु पुतलीसडक, बुटवल, पोखरा र नारायणघाटका साथै ज्योती विकास बैंकको महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिनेछ ।

विहीबार, ०३ असार २०७८, ०९ : ५३

प्रतिक्रिया