काठमाडौं - नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाविरुद्ध भ्रष्टाचारको उजुरी परेको छ । ढुंगानाले १ अर्ब ३८ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अुनसन्धान आयोगमा उजुरी परेको हो ।
बोर्डले मंगलबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बोर्डले गठन गरेको अध्ययन समितिले ५१ वटा कम्पनीहरुको सेयर मूल्य चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट तयार पारेको जानकारी दिएको थियो । सोही कारण उनकाविरूद्ध उजुरी परेको हो ।
अनसन्धान आयोगमा परेको उजरीमा उनले ५१ वटा नाम सार्वजनिक गर्दा सेयरका ठूला खेलाडीबाट ३५ करोड, बैंकका भगीनी संस्थाहरूलाई ब्रोकर लाइसेन्स रोक्न ५० वटा ब्रोकरमा प्रत्येक ब्रोकरबाट २ करोडका दरले १ अर्ब र केही समयअघि अजोड इन्स्योरेन्समा भित्री कारोबार भएको समयमा कम्पनीका अध्यक्षसँग ३ करोड घुस लिएको उल्लेख गरिएको छ ।
प्रतिक्रिया