काठमाडौं, अपि पावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिने असार ९ गते (बुधवार) अन्तिम दिन रहेको छ ।
कम्पनीले २९.३८ प्रतिशत हकप्रद शेयरको विक्री खुला गरेको हो । कम्पनीले रू १०० अंकित दरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ । कम्पनीले जेठ २० गतेदेखि हकप्रद शेयरको विक्री खुला गरेको हो ।
विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । यसका साथै हकप्रदमा अपि पावर कम्पनी ट्रेड टावर थापाथली तथा मुत्तिनाथ विकास बैकको शाखा कार्यालयहरु इटहरी, पोखरा, नागढुङ्गा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढीर जनकपुरबाट आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।
कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले केयर एनपी बी प्लस रेटिङ प्रदान गरेको छ ।
यस अघि कम्पनीले ४७ प्रतिशत हकप्रद शेयर निष्कासन गरिसकेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू.१ अर्ब ९२ करोड ९७ लाख ५६ हजार रहेको छ ।
प्रतिक्रिया