कारोबारको पहिलो घण्टा : नेप्से परिसूचक १५.९५ अंकले घट्यो, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

सोमबार, ०७ असार २०७८, १२ : ३५

काठमाडौं -  आज साताको दोस्रो दिन सोमवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक १५।९५ अंकले घटेर २ हजार ८८९.५० विन्दुमा पुगेको छ । २ हजार ९२४.०७ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.५५ प्रतिशतले घटेको हो ।  

पहिलो घण्टाको अवधिमा २०५ ओटा कम्पनीको २९ हजार १५३ पटकको कारोबारमा ४१ लाख १२ हजार ७७६ कित्ता शेयरको रू. २ अर्ब ५६ करोड ८ लाख ७७ हजार बराबरको खरीदविक्री भएको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । जसमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १..९९ प्रतिशतले घटेको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४० करोड ८९ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ८२५ मा कारोबार भइरहेको छ ।

सोमबार, ०७ असार २०७८, १२ : ३५

प्रतिक्रिया