काठमाडौं, साताको दोस्रोे दिन सोमबार तीन ओटा कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।
गुहेश्वरी मर्चेन बैंक एण्ड फाइनान्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट र ङादी ग्रुप पावरको शेयरमूल्यमा गिरावट आएको हो ।
तीन ओटा कम्पनीमध्ये सबैभन्दा बढी गुहेश्वरी मर्चेन बैंक एण्ड फाइनान्स ९.८२ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू ४५० मा झरेको हो ।
त्यस्तै, जोशी हाइड्रोपावरको शेयरमूल्य ९.५२ प्रतिशत र ङादी ग्रुप पावरको ९.०१ प्रतिशत घटेको हो ।
ती तीन ओटै कम्पनीको शेयरमा बजार घटेसँगै क्रेताभन्दा विक्रेता धेरै हावी भएकाले शेयरमूल्य घटेको हो । जोशी हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू. २६६ र ङादी ग्रुप पावरको रू ४२४ मा झरेको छ ।
प्रतिक्रिया