काठमाडौं, कारोबारको दोस्रोे दिन (सोमबार) तेस्रोे घण्टामा परिसुचक ५२.५६ अंकले ओरालो लागेर २८५२.९० बिन्दुमा पुगेको छ ।
आज २२१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ५ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १७६ शेयरमूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा २२१ कम्पनीका १ करोड ५७ लाख ९२ हजार ८८४ कित्ता शेयर ८ अर्ब २१ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १ अर्ब ९ करोड ६९ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू। १ हजार ८२५ मा कारोबार भइरहेको छ ।
प्रतिक्रिया