सोमबार पनि शेयर बजारमा पहिरो : परिसुचक  २८३४.४० विन्दुमा झर्‍यो , कारोबार रकम ११ अर्ब ६१ करोड

सोमबार, ०७ असार २०७८, १६ : ०२

काठमाडौं, साताको दोस्रोे  दिन सोमवार २९२४.०७ विन्दुदेखि खुलेको बजार ७१.०६ अंक अ घटेर २८३४.४० विन्दुमा झरेको छ । 

उच्च अंकले घटेको बजारमा २ करोड ३० लाख ११ हजार ८२० कित्ता शेयर  १ लाख ३० हजार ३९७ पटक किनेबेच हुदाँ रू. ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार बराबरको शेयर कारोबार भएको छ । 

आज २२७ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १७८ शेयरमूल्य घटेको छ । १ कम्पनीको मूल्य स्थीर रहेको छ । 

सेन्सेटिभ इन्डेक्स पनि यस दिन ८.१८ अंक घटेर ५२०.१८ विन्दुमा झरेको छ ।

सोमवार पनि कुल कारोबारमा सर्वाधिक रकमको हिस्सा नेपाल पुनर्बीमा कम्पनीलेनै ओगटेको छ । यस दिन उक्त कम्पनीको रू. १ अर्ब ३० करोड ६१ लाख १५ हजार बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य पनि यो दिन ६ दशमलव ६१ प्रतिशत अर्थात् प्रतिकित्ता रू। १२४ ले घटेर अन्तिम मूल्य र.। १ हजार ७५३ कायम भएको छ ।

सोमवारको कारोबारमा पनि सबै समूहगत परिसूचकहरु घटेका छन् । बैंकिङ्गको १.७७ प्रतिशत, व्यापारिकको  ०.७७ प्रतिशत, होटल्स तथा पर्यटनको ४.५१ प्रतिशत, विकास बैंकको ४.६ प्रतिशत, जलविद्युतको ५.२ प्रतिशत, वित्तको ५.१८ प्रतिशत, निर्जीवन बीमाको २.८९ प्रतिशतले घटेको छ ।

यसैगरी उत्पादन तथा प्रशोधनको २.८१ प्रतिशत, अन्यको २.४ प्रतिशत, लघुवित्तको १.९९ प्रतिशत, जीवन बीमाको २.५१ प्रतिशत, म्युचुअल फण्डको १.३८ प्रतिशत र लगानी समूहको ०.४८ प्रतिशत परिसूचक घटेको छ । । 

सोमबार, ०७ असार २०७८, १६ : ०२

प्रतिक्रिया