काठमाडौं, आज साताको तेस्रो दिन मंगलवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ५६.५५ अंकले बढेर २८९०.९६ विन्दुमा पुगेको छ । २८४७.५३ विन्दुबाट शुरु भएको बजार कारोबारको तेस्रो घण्टामा २ प्रतिशतले बढेको हो ।
तेस्रो घण्टाको अवधिमा २२१ ओटा कम्पनीको ८३ हजार ३३८ पटकको कारोबारमा १ करोड ४३ लाख ३१ हजार ४८१ कित्ता शेयरको रू.७ अर्ब ५५ करोड ९२ लाख बराबरको कारोबार भएको छ ।
यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १ अर्ब २४ करोड ९३ लाख बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया