आज पनि राधी विद्युतको शेयरमुल्यमा सकरात्मक सर्किट, शेयरमुल्य १२२३ रुपैंया

बुधबार, ०९ असार २०७८, ११ : १४

काठमाडौं,  कारोबारको चौथो दिन (बुधबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबार सुरु भएको केही मिनेटमै राधी विद्युत कम्पनी लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

बुधबार कम्पनीको शेयरमुल्य ९.९८  प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयर कारोबार १ हजार १६७ रुपैंयाबाट सुरु भएको हो जुन १११ रुपैंयाले बढेर १ हजार २२३ रुपैंया पुगेको छ ।

शेयरमुल्य बढेसंगै खरिद कर्ताको चाप उच्च रहेको छ । यो समाचार तयार पार्दा सम्म (११ः०८) मा ५५ हजार ४५४ कित्ता शेयरको  खरिद माग भएको छ । 
 

बुधबार, ०९ असार २०७८, ११ : १४

प्रतिक्रिया