पहिलो घण्टा : सामान्य अंकले बढेको नेप्सेमा  नेपाल पुनर्बीमाको सार्वधिक हिस्सा

बुधबार, ०९ असार २०७८, १२ : ०८

काठमाडौं, आज साताको चौथो दिन (बुधबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक २.१० अंकले बढेर २९१५.९४ विन्दुमा पुगेको छ ।  कारोबारको पहिलो घण्टामा ०.०७ प्रतिशतले बढेको हो ।  

पहिलो घण्टाको अवधिमा २०० ओटा कम्पनीको २२ हजार १७ पटकको कारोबारमा ३५ लाख  ८५ हजार २२८ कित्ता शेयरको रू. १ अर्ब ८९ करोड १५ लाख बराबरको कारोबार भएको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू १७ करोड ३५ लाख बराबरको शेयर कारोबार भएको छ । 

बुधबार, ०९ असार २०७८, १२ : ०८

प्रतिक्रिया