काठमाडौं, जीवन विकास लघुवित्तको आइपीओमा २० लाख ८४ हजार ७६२ जनाको आवेदन परेको छ ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार मंगलबार बेलुकासम्ममा मा तीन करोड १२ लाख ६६ हजार २६२ कित्ता शेयर खरिदको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणले छुट्याएको १८ लाख ४८ हजार १५ कित्ताको १६.९२ गुणा हो ।
लघुवित्तको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार गोलाप्रथाबाट १० कित्ताका दरले १ लाख ८४ हजार ८०१ जनाले मात्रै लघुवित्तको शेयर पाउनेछन् ।
त्यस अनुसार कुल आवेदक मध्ये ९१।१३ प्रतिशतले शेयर नपाउने देखिन्छ । यो अन्तिम तथ्यांक नभएकोले आवेदनको संख्या बढ्नेछ ।
लघुवित्तले शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित मूल्यका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको हो।
यसमध्ये लघुवित्तले ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ।
बाँकी १८ लाख ४८ हजार १५ कित्ता मात्रै सर्वसाधारणलाइ वितरण हुनेछ ।
प्रतिक्रिया