५ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा, कुनको कति ?

बुधबार, १६ असार २०७८, १५ : ४३

काठमाडौं, साताको चौथो बुधवार पाँच ओटा कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । 

पोखरा फाइनान्सको शेयरमूल्य  १० प्रतिशतले वृद्धि भएको छ । कम्पनी शेयरमूल्य प्रतिकित्ता रु. ६०५ पुगेको छ ।

त्यसैगरी सेन्ट्रल फाइनान्सको शेयर मूल्य ९.९७ प्रतिशत,नेपाल फाइनान्सको ९.८६ प्रतिशत,मल्टीपर्पस फाइनान्सको ९.७५ प्रतिशत र प्रोग्रेशिभ फाइनान्सको शेयर मूल्य ९.६८ प्रतिशतले वृद्धि भएको छ । 

सेन्ट्रल फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू.३८६, नेपाल फाइनान्सको रू.४७९, मल्टीपर्पस फाइनान्सको रू. ३४९ र प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ३४० पुगेको हो ।

बुधबार, १६ असार २०७८, १५ : ४३

प्रतिक्रिया