स्वावलम्बन लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा,बोलकबोल कहिलेसम्म ?

शुक्रबार, १८ असार २०७८, ०९ : ३५

काठमाडौ, नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको  संस्थापक शेयर आज (शुक्रवार)देखि लिलामीमा आउने भएको छ । 

लघुवित्तको १ लाख ८९ हजार ६५३ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

 कम्पनीले उक्त शेयर असार २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा ल्याएको हो । प्रतिकित्ता न्यूनतम मूल्य रू. ७०० तोकिएको उक्त शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्न सकिनेछ ।  

बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

बोलपत्र असार ३० गते बिहान १० बजे नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौंमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खाल्ने कम्पनीले जानकारी गराएको छ ।

शुक्रबार, १८ असार २०७८, ०९ : ३५

प्रतिक्रिया