१० करोड भन्दा बढी कारोबार गरेको नेपाल दुरसञ्चार कम्पनीको शेयरमुल्य १३ सय माथि

आइतबार, २० असार २०७८, १३ : ४५

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको शेयरमुल्य १.९८ प्रतिशतले वृद्धि भएको छ । 

यो समाचार तयार पर्दा अर्थात १ बजे ३० मिनेट जाँदा कम्पनीको शेयरमुल्य  १.९८ प्रतिशत ( २६ रुपैंया) ले वृद्धि भएको हो । आज १ हजार ३२० रुपैंयामा कारोबार सुरु भएको कम्पनीको मुल्य १ हजार ३५१ पुगेको छ ।

यस्तै, सो अवधीसम्म कारोबारमा आएका कम्पनी मध्ये सार्वधिक कारोबार गर्ने कम्पनीको दोस्रोे स्थानमा छ । कम्पनी १० करोड १० लाख भन्दा बढीको कारोबार गरेको छ ।

आइतबार, २० असार २०७८, १३ : ४५

प्रतिक्रिया