काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबारको तेस्रोे घण्टामा नेप्से झिनो अंकले हरियोमा कायम रहेको छ ।
यो अवधीसम्म परिसुचक ०.८३ अंकले बढेर २८४३.८३ विन्दुमा पुगेको छ ।
तेस्रोे घण्टाको अवधिमा कारोबारमा आएका २१९ ओटा कम्पनीको ३८ हजार ८९९ पटकको कारोबारमा ७० लाख ३ हजार २७२ कित्ता शेयरको रू ३ अर्ब १७ करोड बराबरको कारोबार भएको छ ।
यस अवधिसम्म नेपाल दुरसञ्चार कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू १४ करोड ६६ लाख बराबरको शेयर कारोबार भएको छ ।
आज २१९ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ५५ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १०६ शेयरमूल्य घटेको छ । २१ कम्पनीको मूल्य स्थीर रहेको छ ।
प्रतिक्रिया