एनआईसी एशियाको स्वामित्वमा रहेका ५ कम्पनीको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम मौका

आइतबार, २० असार २०७८, १५ : ४३

काठमाडौं, एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका पाँच ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन  भोलि (सोमवार) रहेको छ ।

कम्पनीले आरएमडिसी लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स,मुहली लघुवित्त वित्तीय संस्था, नेशनल लाईफ इन्स्योरेन्स र नागरिक लगानी कोषको संस्थापक शेयर असार १५ गतेदेखि लिलामीमा ल्याएको हो ।

कम्पनीले आरएमडिसी लघुवित्तको ३ लाख ८४ हजार ९९५ कित्ता,मेरो माइक्रोफाइनान्सको ५८ हजार ५६८, महुली लघुवित्तको ५५ हजार ७० कित्ता,नेशनल लाईफ इन्स्योरेन्सको २९ हजार ९९६ कित्ता र नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

आरएमडिसी लघुवित्तको न्यूनतम मूल्य प्रतिकित्ता रू. ४४१, मेरो माइक्रोफाइनान्सको रू. ५३१,महुली लघुवित्तको रू. ७३०, नागरिक लगानी कोषको रू. १ हजार २०० र नेशनल लाईफ इन्स्योरेन्सको रू. ४१० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

ती पाँच ओटै कम्पनीको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

आइतबार, २० असार २०७८, १५ : ४३

प्रतिक्रिया