ताजा समाचार

तेस्रोे घण्टा : ११.६५ अंकले ओरालो लाग्यो नेप्से,कारोबार रकम साढे २ अर्ब माथि

सोमबार, २१ असार २०७८, १४ : २६

काठमाडौं, कारोबारको दोस्रोे  दिन (सोमबार) कारोबारको तेस्रोे घण्टामा नेप्से परिसूचक ११.६५ अंकले ओरालो लागेर २८२२.८७ को बिन्दुमा पुगेको छ । 

दोस्रोे  घण्टाको अवधिमा कारोबारमा आएका २२१ ओटा कम्पनीको ३१ हजार ४८८ पटकको कारोबारमा ५२ लाख २१ हजार २६० कित्ता शेयरको रू २ अर्ब ६८ करोड ६ लाख बराबरको कारोबार भएको छ ।

यस अवधिसम्म हिमालयन डिष्टीलरीको सार्वधिक कारोबार भएको छ । उक्त कम्पनीको रू ३३ करोड ८ लाख बराबरको शेयर कारोबार भएको छ । 

आज  २२१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३३ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १४० शेयरमूल्य घटेको छ । ११ कम्पनीको मूल्य स्थीर रहेको छ ।

सोमबार, २१ असार २०७८, १४ : २६

प्रतिक्रिया