जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट कहिले ? कुल आवेदक मध्ये ९१.१३ प्रतिशतले शेयर नपाउने !

सोमबार, २१ असार २०७८, १५ : ०१

काठमाडौं - जीवन विकास लघुवित्तले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको प्राथमिक शेयर (आइपीओ) यहि साता भित्र बाँडफाँट गर्ने तयारी गरेको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार प्रिअलोटमेन्ट सम्बन्धी सम्पुर्ण काम सकाएर यहि साता भित्र आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । स्रोतका अनुसार डेटा भेरिफिकेशनको काम पनि सकिसकेको छ ।

लघुवित्तको आईपीओमा तीन अर्ब रुपैयाँ बराबरको तीन करोड १२ लाख ६६ हजार २६२ कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई छुट्याएको १८ लाख ४८ हजार १५ कित्ताको १६।९२ गुणा हो ।

लघुवित्तको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार गोलाप्रथाबाट १० कित्ताका दरले १ लाख ८४ हजार ८०१ जनाले मात्रै लघुवित्तको शेयर पाउनेछन् ।

त्यस अनुसार कुल आवेदक मध्ये ९१.१३ प्रतिशतले शेयर नपाउने देखिन्छ । यो अन्तिम तथ्यांक नभएकोले आवेदन दिनेको संख्या अझै बढ्नेछ । लघुवित्तले शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित मूल्यका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

सोमबार, २१ असार २०७८, १५ : ०१

प्रतिक्रिया